सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार 


२१ माघ २०८०, आइतबार


काठमाडौँ । बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । 

सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकैको हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । 

गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस