माधव नेपालले भने-जबजको सान्दर्भिकता सकिएको छैन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माधव नेपालले भने-जबजको सान्दर्भिकता सकिएको छैन 


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जबजको सान्दर्भिकता अझै नसकिएको बताएका छन् ।

एकीकृत समाजवादी दाङले शुक्रबार आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् ।

‘जबज सकियो भन्नु बहुदलीय प्रतिस्पर्धा अस्वीकार गर्नु हो । जन्मजात जबजको विरोध गर्नेहरूले मात्र यसको विरोध गर्न सक्छन्,’ नेपालले भने ।

नेता नेपालले राजतन्त्रको वकालत गरिरहेकाहरूको कडा आलोचना गर्दै वंशले शासन गर्ने दिन अब नआउने बताए ।

‘राजा महाराज र तीनका दासहरूले जतिसुकै जनता भड्काउने प्रयास गरेपनि त्यो असफल हुनेछ । बाउले शासन गर्ने, बाउ नभए छोराले शासन गर्ने, के अब जनताले यस्तो सहन सक्छ रु सक्दैन । अब वंशले शासन गर्ने दिन गए’, नेपालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस