अर्जुन कुमाललाई आईसीसीले गर्‍यो कारबाही « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अर्जुन कुमाललाई आईसीसीले गर्‍यो कारबाही


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली‌ यू-१९ का ब्याटर अर्जुन कुमाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कारबाहीमा परेका छन् ।

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको खेलका क्रममा गल्तीका कारण उनी आइसिसीको कारबाहीमा परेका हुन् ।

बंगलादेशविरुद्धको खेलको ६औँ ओभरमा अर्जुन दौडेर रन पूरा गर्ने क्रममा बंगलादेशका बलरलाई विकेटको बीचमा कुहिनोले हानेपछि कारबाहीमा परेका हुन् । आइसीसी आचारसंहिताको धारा २.१२ को उल्लङ्घन गरेको भन्दै आईसीसीले कारबाही गरेको हो ।

आइसिसीको अनुशासनात्मक रेकर्डमा कारबाहीसँगै अर्जुनको ३ डिमेरिट पोइन्ट थपिएको छ । उक्त डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । २४ महिनाको अवधिमा ४ वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा त्यो निलम्बन अंकमा परिणत हुनेछ । दुई निलम्बन अंक एक टेस्ट वा दुई एक दिवसीय वा दुई टी-२० बाट प्रतिबन्ध बराबर हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस