२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झारखण्डमा चम्पाई सोरेन नयाँ मुख्यमन्त्री बन्दै, आजै शपथ 

अ+ अ-

काठमाडौँ । भारतको झारखण्ड राज्यमा फेरि झारखण्ड मुक्ति मोर्चाकै सरकार बन्ने भएको छ । भ्रष्टाचारको आरोप लागेपछि तत्कालीन मुख्यमन्त्री हेमन्त सोरेनले बुधबार राति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि काँग्रेस–झारखण्ड मुक्ति मोर्चा गठबन्धनले मोर्चाकै नेता चम्पाई सोरेनलाई नयाँ मुख्यमन्त्रीका लागि अघि सारेको थियो । 

बहुमत विधायकहरूको समर्थन देखाएपछि राज्यपाल सीपी राधाकृष्णनले सोरेनलाई नयाँ सरकार गठनका लागि आमन्त्रित गरेका छन् । चम्पाई सोरेनले शुक्रबारै मुख्यमन्त्रीको शपथ लिँदैछन् । सोरेनले अबको १० दिनभित्र सदनमा बहुमत प्रमाणित गर्नुपर्ने सांसद आलमगीर आलमले जानकारी दिए । 

सोरेनले ४३ सांसदको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप लागेपछि तत्कालीन मुख्यमन्त्री हेमन्त सोरेन बुधबार राति पक्राउ परेका थिए । लगत्तै उनले पदबाट राजीनामा दिएका थिए । 

८१ सदस्यीय विधानसभामा सबैभन्दा ठूलो दल झारखण्ड मुक्ति मोर्चाका २९ सांसद छन भने दोस्रो दल भाजपाको २६ सांसद छन् । तर अर्को दल काँग्रेसले समर्थन गरेपछि झारखण्ड मुक्ति मोर्चाले सरकार चलाउने मौका लिँदै आएको छ ।