खप्तड लगायत आसपासका क्षेत्रमा बाक्लो हिमपात « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खप्तड लगायत आसपासका क्षेत्रमा बाक्लो हिमपात


१८ माघ २०८०, बिहिबार


डोटी । सुदूरपश्चिम प्रदेशको धार्मिक एवं पर्यटकीय स्थल खप्तड लगायत आसपासका क्षेत्रमा हिजो राति देखी बाक्लो हिमपात परेको छ ।

डोटी, अछाम, बझाङ र बाजुराको सङ्गम बिन्दुमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जका पाटन, डाँडा काडाहरु हिजो राति देखि सेताम्मे भएको खप्तड राष्ट्रिय निकुञ्ज बाजुराका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोज मणि पौडेलले बताए ।

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास डोटीको झिग्राना, अछामको भास्कुन, बझाङको लोखडा र बाजुराको सिक्खु लगायतका क्षेत्रहरूमा समेत बाक्लो हिमपात भएको वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए ।

खप्तड क्षेत्रमा यो यस वर्षको पहिलो पटक हिमपात भएको हो । खप्तड क्षेत्रमा ३,४ फिट र आसपासका क्षेत्रमा १, २ फिट हिउँ परेको निकुञ्जले जनाएको छ । खप्तड राष्ट्रिय निकुञ्जमा निकुञ्जको कार्यालय र नेपाली सेनाको सिंह शार्दूल गुल्म अवस्थित रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस