बंगलादेशविरूद्ध कप्तान देव खनाल ३५ रन बनाएर आउट « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बंगलादेशविरूद्ध कप्तान देव खनाल ३५ रन बनाएर आउट


१७ माघ २०८०, बुधबार


काठमाडौँ । यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा ब्याटिङ गरिरहेको नेपालले चार विकेट गुमाएको छ। दक्षिण अफ्रिकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुवै ओपनरसहित चार विकेट गुमाएको हो।

चौथो विकेटको रूपमा कप्तान देव खनाल ३५ रन जोडेर आउट भएका छन्। उनले विशाल विक्रम केसीसँग चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे। २७.४ ओभरमा आउट भएका देवले ६० बलमा ३ चौका हिर्काए।

त्यसअघि तेस्रो विकेटको रूपमा अर्जुन कुमाल १४ रनमा आउट भएका थिए। आकास त्रिपाठी ३ रन र ओपनर विपिन रावल २ रनमा आउट भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस