कृषि विश्वविद्यालयले उत्पादन र उत्पादकत्व वृद्धिमा भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

 कृषि विश्वविद्यालयले उत्पादन र उत्पादकत्व वृद्धिमा भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’


१७ माघ २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका खेल्नुपर्ने बताएका छन् । 

बुधबार बिहान कृषि तथा वनविज्ञान विश्वविद्यालय १२ औँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उत्पादन र उत्पादकत्व वृद्धिगरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन एवं राष्ट्रिय व्यापार घाटा कम गर्नका लागि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने बताए । 

वनको वैज्ञानिक व्यवस्थापन गरी काष्ठ एवं गैरकाष्ठ वन पैदावारबाट समुदायको आर्थिक स्थिति र रोजगार प्रवर्द्धन गर्न विश्वविद्यालयले आवश्यक अनुसन्धानमा आधारित नीतिगत सुझाव दिनुपर्ने उनको भनाइ थियो । 

प्रधानमन्त्री दाहालले आर्थिक विकासमा कृषि, पशु र वन क्षेत्रको योगदान वृद्धि गर्न वातावरण अनुकूलित आधुनिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्नुपर्ने बताए । उनले ग्रामीण समुदायको आर्थिकस्तर उठाउन शिक्षण, अनुसन्धान र प्रसारका क्रियाकलापमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवाला संघसंस्था मिलेर अगाडि बढ्न विश्वविद्यालयलाई सुझाव दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस