आज यी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज यी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना


१७ माघ २०८०, बुधबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र  गण्डकी  प्रदेशका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस