यू-१९ विश्वकपमा भोलि बंगलादेशसँग खेल्दै नेपाल « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

यू-१९ विश्वकपमा भोलि बंगलादेशसँग खेल्दै नेपाल


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार बुधबार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

पछिल्लो खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरेको नेपालको मनोबल उच्च छ । उता बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जीत हासिल गर्दै सेमिफाइलनमा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको थियो । जसमध्ये एकमा नेपाल र अर्कोमा बंगलादेश विजयी भएको थियो । नेपालले सन् २००२ मा भएको यू-१९ विश्वकप प्लेट च्याम्पियनशिपमा सेमिफाइलनमा बंगलादेशलाई २३ रनले पराजित गर्दै फाइलनको यात्रा तय गरेको थियो । उक्त च्याम्पियनशिपमा नेपाल फाइनलमा जिम्बावेसँग १३७ रनले पराजित भएको थियो ।

नेपाल र बंगलादेशको दोस्रो भेट सन् २०१६ मा भएको यू-१९ विश्वकपमा भएको थियो । उक्त खेलमा भने बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो । त्यसयता भने नेपाल र बंगलादेशको भेट भएको छैन ।

सेमिफाइनलमा पुग्ने झिनो आशा राखेको नेपाल अंकविहीन रहँदै पाँचौँ र २ अंकसहित बंगलादेश चौथो स्थानमा छ । भारत र पाकिस्तान समान ४-४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । २ अंकसहित न्यूजिल्यान्ड तेस्रो र अंकविहीन आयरल्यान्ड अंकतालिकाको पुछारमा छ ।

सुपर सिक्समा प्रत्येक टीमले २-२ खेल खेल्न पाउनेछ । नेपालले सुपर सिक्समा बंगलादेश र भारतको सामना गर्दैछ । उक्त समूहबाट शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् । नेपाललाई दुवै खेल जिते पनि सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछैन । अन्य टीमको नतिजामा निर्भर हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस