बालकुमारी घटना जाँचबुझ आयोगको म्याद १५ दिन थप्ने तयारी « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

बालकुमारी घटना जाँचबुझ आयोगको म्याद १५ दिन थप्ने तयारी


१६ माघ २०८०, मंगलबार


balkumari-ghatana-Pradarshan

काठमाडौँ । बालकुमारी घटना जाँचबुझ आयोगको म्याद १५ दिन थप्ने तयारी गरिएको छ ।

ललितपुरको बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जना युवकको मृत्यु भएको घटना जाँचबुझ गर्न गठित आयोगको म्याद थप गर्न प्रस्ताव गरिएको हो ।

पुस १६ मा मन्त्रिपरिषद्ले पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।

आयोगलाई मन्त्रिपरिषद्ले एक महिनामा प्रतिवेदन पेश गर्न कार्यादेश दिएको थियो । तर, समय अपुग भएको भन्दै आयोगको तर्फबाट म्याद थप्नुपर्ने प्रस्ताव आएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

सिंहदरवारमा कार्यालय स्थापना गरेर आयोगले पुस २० देखि जाँचबुझ शुरु गरेको थियो । पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको हो । प्रहरीको दमनबाट दैलेख घर भएका सुजन रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस