सरकारद्वारा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौला बर्खास्त « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सरकारद्वारा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौला बर्खास्त


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद् स्रोतका अनुसार माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले लगेको सिफारिसलाई पारित गर्दै बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसबारे आफूलाई कुनै जनाकारी नआएको बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए । ‘बोर्डकै कार्यक्रमका लागि काठमाडौँ बाहिर थिए । बागमती र कोशी प्रदेशमा बिमाको समीक्षा चलेको थियो । अध्यक्ष र म त्यतै थियौँ’, उनले भने, ‘९ गतेदेखि उतै थिए, हिजो राति मात्र काठमाडौँ आइपुगेको छु । यसबारे केही थाहा भएन ।’

यसअघि पनि मन्त्री बस्नेतले बसौलालाई तीन दिनको म्याद दिएर असोज ४ मा स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण सोधिएपछि असोज २६ को मन्त्रीस्तरीय निर्णयबाट बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको थियो । मन्त्रालयको निर्णयविरुद्ध बसौला कात्तिक १७ मा सर्वोच्च गएका थिए । सर्वोच्चले बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न पुस ६ मा अन्तरिम आदेश जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस