गम्भीर भएर काम नगर्ने कर्मचारीप्रति सरकार कडारूपमा प्रस्तुत हुने चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गम्भीर भएर काम नगर्ने कर्मचारीप्रति सरकार कडारूपमा प्रस्तुत हुने चेतावनी


१५ माघ २०८०, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती मन्त्री सुदन किराँतीले गम्भीर भएर काम नगर्ने उच्च पदाधिकारी र कर्मचारीप्रति सरकार कडारूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । 

सोमबार जहाज राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ह्यांगर अनुगमन गर्दै सो चेतावनी दिएका हुन् । 

सन् २०१२ देखि ‘ग्राउन्डेड’ ट्विनअटर जहाज मर्मतमा नेपाल वायुसेवा निगम व्यवस्थापनले आलटाल गरेको भन्दै मन्त्री किराँती आक्रोशित बनेका छन् ।

६ महिनाअघि उक्त ट्विनअटर जहाज मर्मत गर्न किराँतीले निर्देशन दिएका थिए । त्यसबेला कानुनी प्रक्रिया पूरा भएको दुई महिनाभित्र जहाज मर्मत भइसक्ने निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री किराँतीलाई बताएका थिए ।

ग्राउन्डेड जहाज बनाउन बोर्डबाट निर्णय भएको दुई महिना बित्दा पनि जहाज मर्मत नभएपछि सोमबार मन्त्री किराँती अनुगमन गर्न विमानस्थलस्थित ह्यांगर पुगेको उनको सचिवालय स्रोतले जनाएको छ ।

जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किराँतीले सन्तोषजनक जवाफ नपाएपछि उनी कडारूपमा प्रस्तुत भएका थिए ।

उनले परिणाम दिन नसक्ने कर्मचारीलाई निगममा किन राख्ने भन्दै प्रश्न गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस