सन् २०२३ नेपाल-भारत सम्बन्धमा माइलस्टोन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सन् २०२३ नेपाल-भारत सम्बन्धमा माइलस्टोन


१५ माघ २०८०, सोमबार


काठमाडौँ । सन् २०२३ मा नेपाल र भारतबीचको सम्बन्ध निकै उन्नत भएको भारतीय अधिकारीले बताएका छन् ।

काठमाडौँस्थित भारतीय दूतावासका डीसीएम प्रशन्न श्रीवास्तवले नेपाल भारत सम्बन्धको इतिहासमा बितेको एक वर्ष माइलस्टोन नै बनेको बताएका हुन् ।

भारतको ७५औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौँमा नेपाल भारत मानव सेवा तथा मैत्री संघलगायत संस्थाहरूले आयोजना गरेको कार्यक्रममा श्रीवास्तवले छिमेकी पहिले भन्ने भारत सरकारको नीतिमा नेपाल प्राथमिकतामा रहेको प्रष्ट पारे ।

उनले पछिल्लो वर्ष राजनीतिक, आर्थिक, व्यापारिक र विकास साझेदारीमा दुई देशबीच राम्रो प्रगति भएको भन्दै दुई देशले एक अर्काबीच मिलेर प्रगति गर्नमा प्राथमिकता दिएकोसमेत बताए । यो वर्ष दुवै देशबाट उच्चस्तरीय भ्रमण भएको र यसमा धेरै सम्झौताहरू समेत भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस