स्थानीय आविष्कार केन्द्र खोल्दै धरान उपमहानगर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

स्थानीय आविष्कार केन्द्र खोल्दै धरान उपमहानगर


१५ माघ २०८०, सोमबार


काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबीच स्थानीय आविष्कार केन्द्र खोल्न सहमति पत्र आदान प्रदान भएको मेयर राईको सचिवालयले जनाएको छ ।

क्याम्पस प्रमुख कार्कीका अनुसार पहिलो चरणमा केन्द्रलाई आवश्यक पर्ने करिब २ करोड लागतको भवन उपमहानगरले निर्माण गर्ने सहमति भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस