यस्तो छ माधव नेपालले पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा प्रस्तुत गरेको लिखित सम्बोधन (पुर्णपाठ) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यस्तो छ माधव नेपालले पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा प्रस्तुत गरेको लिखित सम्बोधन (पुर्णपाठ)


१४ माघ २०८०, आइतबार


MAdhab-nepal

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा प्रस्तुत गरेको लिखित सम्बोधन प्रस्तुत गरेका छन् । 

सम्बोधनमा नेपालले प्रमुख प्रतिपक्ष नेकपा एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको लगायतका तर्कहरु समेटिएको छन् । एमाले विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको अध्यक्ष नेपालको भनाइ छ ।

आइतबारदेखि सुरु भएको गर्दै अध्यक्ष नेपालले देशको राजनीतिक, आर्थिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय अवस्थाबारे चर्चा गर्ने क्रममा यस्तो बताएका हुन् ।

‘सत्ताच्युत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको छ’, अध्यक्ष नेपालको भनाइ छ ।

उनले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिमा अझै पनि अस्थिरताका बादलहरू मडराइरहेको भन्दै आम निर्वाचन २०७९ को परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन नभएको बताएका छन् । साथै उनले माघ ११ को राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले सत्तागठबन्धनमा उलटफेर ल्याउने प्रयास गरेपनि त्यो सम्भव नभएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कृषि क्षेत्रमा लगायत अन्य धेरै क्षेत्रमा परनिर्भरता कायमै रहेको बताएका छन् ।

पुर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस