हाम्रो नयाँ कृषि सहकारी समस्याग्रस्त घोषित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

हाम्रो नयाँ कृषि सहकारी समस्याग्रस्त घोषित


१४ माघ २०८०, आइतबार


काठमाडौँ । बचत कर्ताको निक्षेप फिर्ता नगर्ने हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड समस्याग्रस्त सहकारी घोषण भएको छ । सो सहकारीले बचतकर्ताको ४ करोड ९२ लाख बचत रकम फिर्ता गरेको छैन ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार रकम फिर्ताका लागि ३६ जना बचतकर्ताले सहकारी विभागमा निवेदन दिएकोमा अध्यक्षसहित ६ जना उपस्थित भएर रकम फिर्ता गर्ने सहमतिसहित सहीछाप गरेका थिए ।

तर, प्रतिविद्धताअनुसार रकम नफर्काएपछि विभागबाट पुनः १५ दिने स्पष्टीकरण सोधिएकोमा त्यसको जवाफ नआएपछि समस्याग्रस्त सहकारी घोषण गरिएको बताइएको छ ।

‘विभागबाट स्थलगत अनुगमनरनिरीक्षणमा जाँदा संस्था बन्द रहेको थियो । भने, निरीक्षण तथा हिसाब जाँच गर्न समेत सकिएको थिएन । सहकारी ऐन, २०७४ र नियमावली, २०७५ को विपरीत कार्य गरेको, संस्थाका सञ्चालक एवं कर्मचारीहरू सहकारी विभागको सम्पर्कमा नरहेको, वार्षिक लेखापरीक्षण लगायतका नियमित रूपमा विभागमा पेश गर्नुपर्ने विवरणहरू पेश नगरेको, बचतकर्ताको बचत समेत जोखिममा परेकोले आर्थिक रूपले संस्था समस्यामा रहेको छ,’ समितिको पत्रमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस