शहीद दिवसमा सार्वजनिक बिदा नहुने, राष्ट्रिय पर्वका रूपमा मनाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शहीद दिवसमा सार्वजनिक बिदा नहुने, राष्ट्रिय पर्वका रूपमा मनाइने


१४ माघ २०८०, आइतबार


काठमाडौँ । शहीद दिवसमा सार्वजनिक बिदा नहुने भएको छ ।  माघ १६ गते मङ्गलवार पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने, तर सार्वजनिक बिदा भने नहुने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 

‘मन्त्रिपरिषद्को बैठकले शहीद दिवसमा सार्वजनिक बिदा दिने गरेको थियो । यो वर्ष गरेको निर्णय अर्को वर्ष लागू हुन्छ’, उनले भने, ‘यो वर्षको बिदा गत वर्ष नै निर्धारण भएको हुनाले बिदा नदिएरै अन्य कार्यक्रम गरेर शहीदहरूप्रति सम्मान व्यक्त गरिने छ ।’

शहीद दिवसलाई राष्ट्रिय रूपमा मनाइने छ । तर, सरकारी कार्यालयहरू खुल्ने छन् । शहीद दिवसमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि मङ्गलवार सार्वजनिक बिदा हो होइन भन्ने बारे धेरैको चासो रहेको थियो । शहीद दिवसमा लिइने सार्वजनिक बिदा २०८१ देखि लागू हुने छ ।

यसै गरी राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरूमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ २१ गते र निजामती सेवा दिवस भदौ २२ गते रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस