एमाले बाहेकका पार्टीले देश चलाउन सक्दैनन् : ईश्वर पोखरेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले बाहेकका पार्टीले देश चलाउन सक्दैनन् : ईश्वर पोखरेल


१३ माघ २०८०, शनिबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बाहेकका पार्टीले देश चलाउन नसक्ने बताएका छन् । 

शनिबार टोखा नगरपालिका वडा नम्बर ७ को तेस्रो वडा अधिवेशनमा उनले एमालेलाई एकातर्फ राखेर सबै मिलेर सिद्ध्याउने योजनामा लागेका भन्दै देश बनाउने काम एमाले बाहेक अरुले नसक्ने बताए । गौरवशाली इतिहास र भविष्य नभएका पार्टीले देश विकास गर्न नसक्ने उनको भनाई थियो ।

उनले भने, ‘अहिले एमाले एकातर्फ र अन्य सबै पार्टी एकतर्फ पोको परेका छन् ।  देखिने नदेखिने साथै देशभित्रका र बाहिरका सबै मिलेर एमालेलाई सकाउने योजनामा छन् । तर त्यो सफल हुँदैन । एमाले बाहेकको पार्टीले यो देश चलाउन सक्दैनन् । अहिले देखापरेका दलहरुको पृष्ठभूमि के हो, कहाँ, कसरी जन्मिएको हो ठेगान छैन्, भोली देश कस्तो बनाउने भन्ने कुराको पनि मार्गचित्र छैन् ।’

नेकपा एमालेले अनियमितता र वेतिथि केही सहन नसक्ने बताउँदै उनले कसैले त्यस्तो गर्‍यो भने त्यो एमाले हुन नसक्ने जिकिर गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस