सप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिने  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिने 


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । बालगायक सुप्रिम मल्ल ठकुरीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिने भएको छ। सरुभक्त केन्द्रले सप्रिमलाई पुरस्कार प्रदान गर्नेछ।

माघ २७ गते पोखरामा कार्यक्रम गर्दै उनलाई पुरस्कार अर्पण गरिनेछ। ५० हजार नगद राशीसहित सम्मानपत्र प्रदान गरिने सरुभक्त केन्द्रले जनाएको छ । 

साहित्यकार सरस्वती प्रतीक्षाको संयोजकत्वमा गठित ५ सदस्यीय प्रतिभा छनोट समितिले बालगायक सुप्रिमको नाम सिफारिस गरेको थियो। सरुभक्त केन्द्रले सुप्रिमको नाम अनुमोदन गर्दै पुरस्कार अर्पण गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

बालप्रतिभा पुरस्कार वितरणका लागि साहित्यकार सरुभक्त श्रेष्ठले स्वर्गीय पिता गणेशबहादुर श्रेष्ठ र माता स्वर्गीय लक्ष्मी श्रेष्ठको नाममा ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष खडा गरेका छन्।

पोखरामा २०६० सालमा सरुभक्तको सम्मानमा तीर्थ श्रेष्ठको अध्यक्षतामा साहित्यकार सरुभक्त सरोकार केन्द्र स्थापना भएको थियो। समितिले पोखराकै कुमुदिनी होम्स विद्यालयसँग सहकार्य गरेर २०५६ सालमा पुरस्कार स्थापना ग¥यो। स्थापनको दोस्रो वर्षदेखि पुरस्कार अर्पण गर्न थालिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस