अहिले अदालतलाई कसैले औँलो ठड्याउन सकेको छ ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अहिले अदालतलाई कसैले औँलो ठड्याउन सकेको छ ?


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गरेका छन्। कर्मचारीहरूको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको उनको भनाई थियो। 

नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्य समिति, सर्वोच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’को शुक्रवार काठमाडौंमा लोकार्पण गर्दै प्रधान न्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीहरुमाथि सकैले पनि औला ठड्याउने अवस्था नरहेको बताए ।

उनले न्यायकर्मीहरू सबै एकजुट भएर हिँडेकाले पनि न्यायालयमाथि कसैले प्रश्न उठाउने ठाउँ नभएको तर्क गरे। त्यस अवसरमा प्रधान न्यायाधीश श्रेकर्मष्ठले न्यायालयका सबै कर्मचारीमाथि आफूले समान खालको व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे। न्यायालयको प्रमुखको हैसियतले न्यायालय भित्रका सबै चारी, न्यायाधीशहरूमाथि समान व्यवहार गर्नु आफ्नो कर्तव्य भएको पनि उनले बताए। प्रधान न्यायाधीश श्रेष्ठले न्याय र कानुनसँग सम्बन्धित विषयमा कुनैपनि समस्या भएमा समाधानका लागि आफूले सधैँ साथ दिने आश्वासन पनि मातहतका निकायलाई दिए।

Tags :
प्रतिक्रिया दिनुहोस