नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छ : मन्त्री शर्मा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छ : मन्त्री शर्मा


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको बताएकी छन् ।

पुलचोक इन्जिनियरिङ क्याम्पसमा सुरु भएको २० औँ लोकस प्राविधिक महोत्सव उद्घाटनको क्रममा उनले अब पुरानो पुस्ताले गर्न सकेन भनेर आलोचना गरेर बस्नेभन्दा पनि नयाँ पुस्ताले हामी देश बनाउँछौँ भनेर संकल्प गर्ने बेला आएको बताइन् ।

‘अहिलेको पुस्ताले पुरानो पुस्ताको जस्तो दुःख नभोगेको पनि नेपालको इतिहास पक्कै पढेको छ । सबै जनताका छोराछोरीले पढ्न लेख्न नपाउने, शासकहरूले गर्ने जस्तोसुकै अत्याचार पनि सहेर बस्नुपर्ने, उनीहरूसँग आँखा जुधाएर प्रश्न गर्न नपाउने, महिला, दलित, जनजाति, मधेशीजस्ता उत्पीडित समुदायलाई नागरिक नै नठान्ने जुन राजनीतिक व्यवस्था थियो, हामीले लामो संघर्ष गरेर, हजारौँ हजार जनताका छोराछोरीले रगत बगाएर त्यसखाले व्यवस्थाको अन्त्य गरेका छौँ’, शर्माले भनिन् ‘आज हामी सबै जनता बराबर हुने संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । पुरानो पुस्ताले लडेर यो परिवर्तन नल्याइदिएको भए आज पनि हामी पुरानै कालरात्रीमा रहने थियौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस