नेपाललाई पाँचौँ सफलता, आकाशले लिए चार विकेट « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेपाललाई पाँचौँ सफलता, आकाशले लिए चार विकेट


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । आईसीसी यू-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पाँचौँ विकेट लिएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका आकाश चन्दले नेपाललाई पाचौँ सफलता दिलाएका हुन् । 

आकाशले ९.१ ओभरमा अफगानिस्तानका अलिमोहमदलाई आउट गरे । जारी खेलमा आकाशले लिएको यो चौथा विकेट हो । यसअघि आकाशले दोस्रो ओभर र छैटौँ ओभरमा र आठौँ विकेट लिएका थिए । नेपालबाट अर्को एक विकेट भने गुल्सनकुमार झाले लिएका थिए ।

जारी खेलको १० ओभर समाप्त हुँदा अफगानिस्तानले पाँच विकेट गुमाएर३५ रन जोडेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस