अफगानिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता, आकासले लिए दोस्रो विकेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अफगानिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता, आकासले लिए दोस्रो विकेट


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । आईसीसी यू-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध तेस्रो विकेट लिएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका आकाश चन्दले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

आकाशले पाँचौँ ओभरको पाँच बलमा अफगानिस्तानका जम्सिद जद्रानलाई बोल्ड गरे । यसअघि खेलको पहिलो ओभरमा गुल्सन झाले र दोस्रो ओभरमा आकाशले नै नेपाललाई पहिलो र दोस्रो सफलता दिलाएका थिए ।

जारी खेलको ७ ओभर समाप्त हुँदा अफगानिस्तानले तीन विकेट गुमाएर २६ रन जोडेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस