सुनचाँदीको मूल्य स्थिर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनचाँदीको मूल्य स्थिर


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो । बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन पनि आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस