बागमतीमा सत्तारुढ गठबन्धनका चारैजना विजयी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बागमतीमा सत्तारुढ गठबन्धनका चारैजना विजयी


११ माघ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् ।

हेटौँडामा सम्पन्न मतगणना अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार विजयी भएका हुन् ।

विजयी हुनेहरूमा काङ्ग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छन् भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् ।

विजयी महिला तर्फकी काँग्रेसकी पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार काँग्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे । विजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपाङ्गता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरे ।

हेटौँडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए । स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्यमध्ये १०८ जना प्रदेश सभाका सदस्यहरूले मतदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस