मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


११ माघ २०८०, बिहिबार


काठमाडौँ । मोरङको रतुवामाईमा भएको मोटरसाइकल दुर्घटनामा बिहीबार एक जनाको मृत्यु भएको छ ।

सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-५० प ८५२२ नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका-७ मा अनियन्त्रित भइ आज बिहान दुर्घटना हुँदा चालक स्थानीय २८ वर्षीय कनैया साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भइ मोटरसाइकल नालीमा पल्टँदा सिकिस्त घाइते भएका साहको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो ।

मोटरसाइकलको तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसैबीच,बाक्लो हुस्सुका कारण सवारी सञ्चालनमा कठिनाइ भइरहेको भन्दै प्रहरीले सवारी साधन चलाउँदा सतर्कता अपनाउन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस