राष्ट्रिय सभा निर्वाचन : बागमतीमा मतदान जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभा निर्वाचन : बागमतीमा मतदान जारी


११ माघ २०८०, बिहिबार


काठमाडौँ ।  राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा ४ पदका लागि मतदान जारी छ ।  हेटौँडा-४ स्थित भुटनदेवी माविको भवनमा बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो।

यो प्रदेशमा ४ पदका लागि १५ उम्मेदवार चुनावी मैदानमा छन् । प्रमुख ६ राजनीतिक दलका १५ जनाले उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने यसबाहेक तीन दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

 बागमतीमा ११० प्रदेश र २४७ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस