अर्थमन्त्री महतले भने-बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्छ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्री महतले भने-बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्छ


१० माघ २०८०, बुधबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री महतले ख वर्गका बैंकहरूले ‘प्रोजेक्ट वेस’ कर्जा विस्तार गर्नुपर्ने बताएका हुन् । बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्यामा परेको उनको भनाई छ ।

“अब बैंकहरू प्रोजेक्ट वेस कर्जामा जानुपर्छ । जस्तो पनि कोल्याट्रोल राखेर कर्जा प्रवाह गर्नु हुँदैन । ग्राहक जस्तो भए पनि धितोबाट असुल्छु भन्ने सोचले हुँदैन,” उनले भने, “हिजो बैंकबाट गएको पैसा गलत ठाउँमा गयो । राष्ट्र बैंकले कन्ट्रोल गर्‍यो । अहिले केही सुधार भएको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस