सुनको मूल्य आज पनि स्थिर, चाँदीको बढ्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य आज पनि स्थिर, चाँदीको बढ्यो


१० माघ २०८०, बुधबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासंघका अनुसार योसहित लगातार चौथो दिन स्थिर कायम भएर कारोबारमा आएको हो ।

लगातार चार दिनदेखि स्थिर कायम रहेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । यो साताको आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस