डीएसपी सौरभ श्रेष्ठ महानिरीक्षक निसानबाट सम्मानित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

डीएसपी सौरभ श्रेष्ठ महानिरीक्षक निसानबाट सम्मानित


९ माघ २०८०, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरी नायव उपरीक्षक डा. सौरभ श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी बल निसान प्रशंसापत्र प्रदान गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपालले आज २३औँ सशस्त्र प्रहरी दिवसको अवसरमा श्रेष्ठलाई निसान प्रशंसापत्र प्रदान गरेको हो । 

उनलाई सशस्त्र प्रहरी बललाई प्राप्त विभिन्न कार्यादेशहरूको सम्पादन प्रभावकारी एवं उत्कृष्ट ढङ्गबाट गरी सङ्गठनको गरिमा राख्ने कार्य गरेको भन्दै आज प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यो पुरस्कार प्रदान गरेका हुन् ।

उनीलगायतको टिमले कोभिड महामारीका बेला कोरोना प्रभावितहरूको उपचारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

उनीसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी पोखरेल, दीपेन्द्र शाह, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापा, सशस्त्र प्रहरी उपरीक्षक समिक महर्जन, प्रहरी नायब उपरीक्षक विजय हमाल पनि सम्मानित भएका थिए ।

त्यसैगरी नेपाल आर्मीका मेजर जर्नेल बाबुराम श्रेष्ठ पनि सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी बल निसान प्रशंसापत्र प्रदान गरिएको थियो ।

२३औँ सशस्त्र प्रहरी दिवस-२०८० कै अवसरमा आज प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस