एघार वर्षपछि सञ्चालनमा आयो सर्लाही कारागार  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एघार वर्षपछि सञ्चालनमा आयो सर्लाही कारागार 


७ माघ २०८०, आइतबार


काठमाडौँ । सर्लाहीको मलंगवामा करिब ११ वर्षपछि जिल्ला कारागार सञ्चालनमा आएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एक समारोहबीच उद्घाटन गर्दै कारागार सञ्चालनमा ल्याएका छन्।

लामो समयदेखि जीर्ण रहेको कारागारमा कैदी बन्दी बस्न नसक्ने वातावरण भएपछि सर्लाही कारागारबाट कैदी बन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको थियो।

कारगारभित्रका कैदीलाई २०६९ सालमा सर्लाही प्रशासनले सिन्धुली, महोत्तरी, झुमका र रौतहट कारागारमा स्थानान्तरण गरी कारागार भवन निर्माण सुरु गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस