२३ औँ आहारारा पोखरा गोल्डकपको तयारी पूरा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

२३ औँ आहारारा पोखरा गोल्डकपको तयारी पूरा


७ माघ २०८०, आइतबार


काठमाडौँ । मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औँ संस्करणको तयारी पूरा भएको छ ।

माघ ९ गतेदेखि पोखरा रङ्गशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा १२ टिमले सहभागी जनाउँदै छन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता सङ्कटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

यसअघि आहारारा पोखरा गोल्डकपमा भारतीय लिगको सातौँ स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताइएको थियो । तर, दिल्लीले अन्तिम समयमा आउन नसक्ने बताएपछि विभागीय टिम एपीएफ भित्रिएको हो ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै आयोजकले प्रत्येक खेलबापत अतिरिक्त प्रोत्साहन रकम पनि दिँदै आएको छ । जसअनुरुप प्रि-क्वाटर विजेता र पराजित दुवै टिमले समान २० हजार रुपैयाँका दरले पाउनेछन् ।

क्वार्टरफाइनलमा विजेता र पराजित दुवै टिमले समान ३० हजार रुपैयाँ र सेमिफाइनलमा विजेता र पराजित दुवै टिमले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस