सीमा क्षेत्रका १८ सय बढी स्तम्भहरुको मर्मत सम्भार « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सीमा क्षेत्रका १८ सय बढी स्तम्भहरुको मर्मत सम्भार


६ माघ २०८०, शनिबार


काठमाडौँ । सशस्त्र प्रहरीले नेपाल-भारत सीमा क्षेत्रमा रहेका करिब १८ सय बढी सीमा स्तम्भहरुको मर्मत सम्भार गरेको जनाएको छ । प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सीमा स्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनः स्थापना सम्बन्धी मापदण्ड अनुसार १८ सय भन्दा बढी बिजोर सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको जानकारी दिएका हुन् ।

शनिबार २३ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सशस्त्र प्रहरी र सशस्त्र सीमा बलको समन्वयमा नेपाल-भारत सीमा नाका दशगजा खाली गर्ने कार्यलाई निरन्तरता दिइएको पनि बताए ।

उनले भने, ‘नेपाल भारत सीमामा अवस्थित स्तम्भहरुको मर्मत सम्भार कार्यलाई व्यवस्थित गर्न स्तम्भहरु निर्माण, मर्मत सम्भार र पुनः स्थापना सम्बन्धी मापदण्ड तर्जुमा गरिएको जस अनुरुप १८ सयभन्दा बढी बिजोर सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको छ ।’
सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलको समन्वयमा नेपाल-भारत सीमानाको दशगजा खाली गर्ने कार्यलाई निरन्तरता दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसक्रममा ३८ स्थानका ५ सय ५६ वटा घरटहरा हटाई १६, ७७९ किलोमिटर दशगजा खाली गरिएको, १८ वटा भौतिक संरचना निर्माणमा रोक लगाइएको, २६ स्थानको १३.३२ विगा खेतीपाती गर्न रोकिएको पनि जानकारी दिइयो । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको उपस्थिति बढाउने सिलसिलामा २५ वटा बिओपी (बोर्डर आउट पोष्ट) बढाउँदै २ सय ५३ पुर्‍याइएको प्रत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यसमध्ये ४५ वटा बिओपीमा प्रहरी नायब उपरिक्षकले कमाण्ड गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल-भारत, नेपाल-चीन सीमामा रहेका स्तम्भहरुको विस्तृत विवरण ‘जीआइएस’ प्रविधिको विस्तार गरिएको साथै संयुक्त गस्तीलाई पनि प्रभावकारी बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस