घुस लिएको आरोप लागेका सब-इन्जिनियर पौडेलले पाए सफाई  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घुस लिएको आरोप लागेका सब-इन्जिनियर पौडेलले पाए सफाई 


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । विशेष अदालतले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका तत्कालीन सब इन्जिनियर विनोदकुमार पौडेललाई सफाइ दिएको छ ।

७२ हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात समातिएको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार उनलाई निर्दोष ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ असोज १८ गते पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो । उनलाई २०७८ साउन २२ गते सडक निर्माण ठेक्काको भुक्तानी दिनेक्रममा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको अख्तियारको दाबी थियो ।

सम्बन्धित समाचार : ७२ हजार घुस लिएको अभियोगमा सबइन्जिनीयर पौडेल अख्तियारको नियन्त्रणमा

Tags :
प्रतिक्रिया दिनुहोस