लण्डनको कार्यक्रममा बोर्डको सहभागिता रोक्न माग गर्दै मन्त्रालयमा निवेदन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लण्डनको कार्यक्रममा बोर्डको सहभागिता रोक्न माग गर्दै मन्त्रालयमा निवेदन


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । बेलायतमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागिताको विषयलाई लिएर चलचित्र विकास बोर्डका पदाधिकारीबीचको विवाद सतहमा आएको छ ।

कार्यक्रममा अध्यक्ष भुवन केसी र बोर्डको सहभागितालाई रोक्न निर्देशनको माग गर्दै प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका छन् ।

बुढाथोकीले मन्त्रालयमा पेश गरेको पत्रमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका छन् । उक्त संस्थाले ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरु र अन्तर्राष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रम लण्डनमा माघ ६ देखि ११ गतेसम्म गर्ने जनाइएको पत्रमा उल्लेख छ ।

बुढाथोकीले मन्त्रालयमा बुझाएको पत्रमा लेखेका छन्, ‘कार्यक्रमको विश्वसनीयता र गरिमा बढाउन चलचित्र विकास बोर्डको सहभागिताको प्रचार व्यापक गरिएको छ । यो एक प्रकारको बोर्डको दुरुपयोग हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस