प्रदर्शनीमा राख्न ट्रकमा राखेर जंगीअड्डा पुर्‍याइयो सैनिक हेलिकोप्टर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदर्शनीमा राख्न ट्रकमा राखेर जंगीअड्डा पुर्‍याइयो सैनिक हेलिकोप्टर


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली सेनाले सैनिक प्रदर्शनीका लागि हेलिकोप्टरलाई ट्रकमा राखेर जंगीअड्डा पुर्‍याएको छ । ९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका लागि ट्रकमा राखेर हेलिकोप्टर जंगीअड्डासम्म लगिएको हो ।

नेपाली सेनाको जंगीअड्डाले यस्तो प्रदर्शनी वर्षेनि गर्दै आएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्ने प्रदर्शनीमा बिहान १० बजेबाट सुरु भएर साँझ ५ बजेसम्म चल्नेछ । उद्घाटन चाहिँ २ बजे हुँदैछ भने अरू दिन १० देखि ५ बजेसम्म कार्यक्रम हुनेछ जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस