सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जोर्डनका लडाकु विमानहरूले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा १० जनाको मृत्यु भएको जनाइएको छ ।

दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान-श्रीमती, उनीहरूका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । एक जना वृद्ध महिला बेपत्ता रहेको बताइएको छ ।

सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन जनाको गएको छ । जोर्डनले सक्रिय रूपमा सिरिया–जोर्डन सीमा क्षेत्रमा रहेको स्वीडामा लागूऔषध तस्करहरूलाई लक्षित गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस