बर्दिबास मेडिकल कलेजलाई ५४ हेक्टर जग्गा उपलब्ध गराउने सरकारको निर्णय  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बर्दिबास मेडिकल कलेजलाई ५४ हेक्टर जग्गा उपलब्ध गराउने सरकारको निर्णय 


४ माघ २०८०, बिहिबार


काठमाडौँ । सरकारले बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि जग्गा दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कलेज पूर्वाधार निर्माणका लागि महोत्तरी नगरपालिका-४ माइस्थानको सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरको जग्गा उपलब्ध गराएको हो ।

जग्गा उपलब्ध भएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण अगाडि बढ्ने छ । सरकारले मेडिकल कलेज निर्माणका लागि बर्दिबासमा पूर्वाधार विकास आयोजनाको कार्यालय समेत २०७६ वैशाखमा स्थापना गरेको थियो ।

आयोजनाका अनुसार २०७७ कात्तिक २० वातावरणीय परीक्षण मूल्याङ्कन (ईआईए) वन मन्त्रालयबाट स्वीकृत भइसकेको छ । यस्तै २०७८ असोजमा कलेज निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) शिक्षा मन्त्रालयमा पेश भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस