खड्का पुम्से दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

खड्का पुम्से दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति


४ माघ २०८०, बिहिबार


काठमाडौँ । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन्। विश्व तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले अशोकलाई बिहीबार दोस्रो श्रेणीको प्रमाणपत्र प्रदान गरेको छ।

तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन करिब पाँच वर्ष लागेको अशोकले बताए। तेक्वान्दोको र्‍याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लिएका हुन्।

तेश्रोबाट दोस्रो श्रेणीमा उक्लन कम्तीमा आठ अंक आवश्यक पर्दछ। करिब पाँच वर्षको अवधिमा अशोकले दस पुम्से प्रतियोगिता र एक रिफ्रेसर कोर्षमा सहभागिता जनाएर एघार अंक बनाएका थिए।

यसअघि अशोकले सन् २०२१ मा ग्यारोगी विधामा पनि दोस्रो श्रेणीको रेफ्रीको मान्यता प्राप्त गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस