कार्यवाहक प्रधानमन्त्रीमा उपप्रधानमन्त्री खड्का « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कार्यवाहक प्रधानमन्त्रीमा उपप्रधानमन्त्री खड्का


३ माघ २०८०, बुधबार


काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (बिहीबार बिहान कम्बोडिया जाने भएसँगै उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान एवं रक्षामन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस