पर्यटनमन्त्री किराँतीद्वारा एक वर्षमा गरेका मुख्य काम र उपलब्धि सार्वजनिक (पूर्णपाठ) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पर्यटनमन्त्री किराँतीद्वारा एक वर्षमा गरेका मुख्य काम र उपलब्धि सार्वजनिक (पूर्णपाठ)


३ माघ २०८०, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक वर्षमा गरेका मुख्य मुख्य काम र उपलब्धि सार्वजनिक गरेका छन् ।

मन्त्रीको जिम्मेवारी सम्हालेको आज एक वर्ष पूरा भएको अवसरमा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी किरातीले उपलब्धि सार्वजनिक गरेका हुन् ।

केही कानूनको तर्जुमा, सुधार र नियमावलीलाई समय सापेक्ष बनाउने गरी काम अघि बढेको मन्त्री किरातीले जानकारी दिए । दुर्गम क्षेत्रको उडानमा लक्षित गरेर नेपाल वायुसेवा निगमको जहाज खरिदको टेण्डर अन्तिम चरणमा रहेको, १२ वर्षदेखि ग्राउण्डेड नेवानीको टुइनअटर जहाज मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन लागिएको, क्षेत्रीय विमानस्थलमा उडानका लागि ३ र अन्तर्राष्ट्रिय उडानका लागि ३ न्यारोबडी जहाजको लिजमा लिने प्रक्रिया अघि बढाइएको, चिनियाँ जहाजको लिलाम बिक्री अघि बढाइएको, नेवानीको सावाँ(ब्याजको चार अर्ब किस्ता तिरेको, निगमको सुधारका लागि भए गरेका काम पनि सार्वजनिक गरिएको छ ।

पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस