काठमाडौँ क्रियाशील नभई एमालेको ‘मिसन ८४’ पूरा हुँदैन् : पोखरेल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काठमाडौँ क्रियाशील नभई एमालेको ‘मिसन ८४’ पूरा हुँदैन् : पोखरेल


३ माघ २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका नेता आनन्द पोखरेलले काठमाडौँ क्रियाशील नभएसम्म एमालेको मिसन ८४ पूरा नहुने बताएका छन् । त्यसका लागि सर्वप्रथम काठमाडौँमा विजय हासिल गर्नुपर्ने उनको भनाइ छ ।

नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटी भेलालाई सम्बोधन गर्दै उनले काठमाडौँसँगै पूरै मुलुकलाई ब्यूँझाउन आवश्यक रहेको औँल्याउँदै त्यसका लागि सर्व प्रथम काठमाडौँ क्रियाशील हुन आवश्यक भएको बताए ।

उनले भने, ‘हामीले सिंगो देशलाई सन्देश दिनुपर्नेछ । त्यसका लागि काठमाडौँ विजय हासिल नगरिकन मिसन ८४ पूरा हुन सक्दैन् अर्थात काठमाडौँबाटै क्रियाशीलता बढाउनुपर्छ ।’ उनले काठमाडौँमा माघ २० गते युवा अभियान एवं युवा महोत्सव आयोजना गर्न लागेको भन्दै यसलाई सामान्य रुपमा नलिन आग्रह गरे । एकदिन गरेको कामले मुलुक जाग्ने भन्दै महोत्सव एमालेका लागि मात्र नभई तमाम विद्यार्थीहरू एवम युवाहरुका लागि केन्द्रित गरिएको बताए ।

उनले भने, ‘हाम्रो महत्वपूर्ण कार्यभार भनेको युवा परिचालन हो । युवाको नेतृत्वबाट विकास संभव छ । युवालाई परिचालित गरेर पार्टीमा युवाप्रतिको आकर्षण बढाउनुपर्नेछ । पहिलो पटक ७५ जिल्ला मध्ये काठमाडौँले माघ २० गते युवा अभियान वा युवा महोत्सवको योजना बनाएको हो । यसलाई सामान्य रुपमा नहेरौँ । हामीले लिएको लक्ष्य अनुसार १० हजार युवा परिचालन गर्न सकियो भने काठमाडौँलाई मात्रै होइन, सिंगो मुलुकलाई फाइदा हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस