इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक विस्फोट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक विस्फोट


२ माघ २०८०, मंगलबार


काठमाडौँ । इराकको एर्बिलमा रहेको अमेरिकी महावाणिज्य दूतावास नजिक मंगलबार एकपछि अर्को गरी दर्जनौँ विस्फोटन भएका छन् । एबीसी न्यूजले अमेरिकी वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी इरानको रिभोलुसनरी गार्डले लिएको जनाएको छ ।

रिभोलुसनरी गार्ड्सले जासूस मुख्यालय र इरानी विरोधी आतङ्कवादी गतिविधि गर्ने क्षेत्रका केही भागलाई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको बताएको छ । एक इराकी सुरक्षा स्रोतले एबीसी न्यूजलाई दिएको जानकारी अनुसार बम विष्फोटमा चार जनाको मृत्यु भएको छ । यद्यपि यस बम विष्फोटमा कुनै अमेरिकी सेनालाई क्षति भने भएको छैन ।

रिभोलुसनरी गार्डले इराकको एर्बिल एयरपोर्ट नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ । हमलापछि एर्बिल एयरपोर्ट बन्द गरिएको छ  ।

Tags :
प्रतिक्रिया दिनुहोस