त्रिशूलीमा खसेको जीप भेटियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिशूलीमा खसेको जीप भेटियो


२ माघ २०८०, मंगलबार


चितवन । भारतीय नम्बर प्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप सडकबाट करिब ८५ मिटर तल खसेको हो । 

त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ । 

स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घटनास्थलमा खटाइएको हो । केही बेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस