१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखक पौडेलको कृति ‘अष्ट-ज’ बजारमा

अ+ अ-

काठमाडौँ । प्राध्यापक दुर्गादत्त पौडेलद्वारा लिखित ‘अष्ट-ज’ नामको पुस्तक सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित एक समारोहमा उक्त पुस्तकको प्राध्यापक लोकनाथ पौडेलले आज सार्वजनिक गरे ।

सो अवसरमा पुस्तकबारे चर्चा गर्दै पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पुस्तक मुलुकको विकासका लागि राम्रो चिन्तन गरेर लेखिएको तर राजनीतिक दलहरूले भने मुलुकको समृद्धिमा कुनै ध्यान नदिएको बताए । उनले मुलुकको विकासका लागि स्थायी सरकार र  राजनीतिक दलको ध्यान विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए  

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले मुलुकको विकासका लागि लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । सो पुस्तक विकास निर्माणका लागि मार्गदर्शन रहेको उनको धारणा थियो ।

प्रतिनिधि सभा सदस्य तथा अर्थशास्त्री डा स्वर्णिम वाग्लेले मुलुकमा जोखिम मोलेर लगानी गर्ने आँट गर्नुपर्ने भन्दै अस्थिर राजनीतिक अवस्था र महँगो निर्वाचन प्रणाली अन्त्य गर्नुपर्ने  आवश्यकता औँल्याउनुभयो ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले नेपाली हिन्दु संस्कारमा अष्ट-जको महत्त्व निकै रहेको र लेखकले मुलुकको विकासका लागि अष्ट-ज अनुसार विकास गर्न सुझाव लिएको बताए । 

लेखक पौडेलले पुस्तकले देशको मुहार फेर्नका लागि केही सहयोग पुग्नेमा विश्वास व्यक्त गर्दै पुस्तक बिक्रीबाट आएको रकम काठमाडौँ वन विज्ञान क्याम्पसमा सहयोग गर्ने जानकारी दिए ।

अष्ट-जको अर्थ जल, जमिन, जङ्गल, जडिबुटी, जनशक्ति, जनावर, जराजुरी र जलवायु रहेको छ । यी अष्ट-ज को विकास गर्न सकेमा मुलुक समृद्ध हुने लेखकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस