सिमकोट विमानस्थलले सुरु गर्‍यो जग्गा अधिकरण प्रक्रिया « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सिमकोट विमानस्थलले सुरु गर्‍यो जग्गा अधिकरण प्रक्रिया


१ माघ २०८०, सोमबार


काठमाडौँ । सिमकोट विमानस्थलको जग्गा अधिकरण प्रक्रिया सुरु भएको छ। नागरिक उड्डयन प्राधिकरणको सिमकोट शाखाले सो प्रक्रिया सुरु गरेको हो ।

कार्यालयले विमानस्थलको पश्चिमतर्फ अधिकरण हुने जग्गाको क्षेत्रफलसहित जानकारीका लागि एक हप्ते सूचना सार्वजनिक गरेपछि प्रक्रिया सुरु भएको हो। विमानस्थलका लागि अधिकरण गर्न लागिएको जग्गाका लागि पहिलो काम जग्गा अधिकरण हुने सूचना सार्वजनिक गरिएको विमानस्थलले जनाएको छ ।

विमानस्थलको पश्चिमपट्टिको ६० दशमलव ८० रोपनी जग्गा अधिकरण गर्न प्रारम्भिक सूचना जारी भएको छ। जग्गा अधिकरणका लागि यो जानकारी दिने सूचना आवश्यक पर्छ। यस लगत्तै जग्गाधनीको नाम र अधिकरण हुने जग्गाको क्षेत्रफल राष्ट्रिय पत्रिकामा प्रकाशन गरिनेछ।

यसबाट हालको विमानस्थलको जग्गामा एक सय ५० मिटर बढ्नेछ। सिमकोट विमानस्थलको लम्बाइ साढे सात सय छ। नयाँ जग्गा अधिकरण भएपछि विमानस्थलको लम्बाइ साढे आठ सय मिटर पुग्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस