टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गरिन्छ : प्रधानमन्त्री « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गरिन्छ : प्रधानमन्त्री


१ माघ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् । आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका हुन् ।

सोमबार अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नियमित रूपमा १० बजेभित्रै कार्यालय सिंहदरवार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको भन्दै टार्गेट अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएको बताएका छन् ।

‘म अहिले १० बजे नै नियमित रूपमा सिंहदरवार जाने गरेको छु । मन्त्रालयको रिपोर्टिङ लिने गरेको छु । उहाँहरू एक महिनाको टार्गेट दिएको छु । जिम्मेवारी पुरा नगर्नेलाई हेरफेर गरिन्छ’, उनले भने ।

यस्तै उनले आफ्नै कार्यकालमा संघीय निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायत ऐनहरू कार्यान्वयन नहोला कि भन्ने डर भइरहेको उनले बताए । त्यसैले आफ्नो काँधमा धेरै जिम्मेवारी भएकाले त्यसलाई गम्भीरतापूर्वक लागि परेको प्रचण्डको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस