विद्यालयमा योग सिकाउदै काठमाडौँ महानगर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विद्यालयमा योग सिकाउदै काठमाडौँ महानगर


१ माघ २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा योग सिकाउने तयारी गरेको छ । महानगरले निदानात्मक उपचारका लागि योग र खेल सञ्चालन गर्ने मैदान निर्माणमा जोड दिएको हो ।

स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले नवौँ राष्ट्रिय योग दिवसका अवसरमा सोमबार स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सो जानकारी दिएका हुन् ।

महर्जनले भने, ‘विद्यालयहरूमा अक्षर मात्र सिकाउँदैनौँ । योगबाट सुखी हुने सीप पनि सिकाउँछौँ ।’ उपचारात्मक स्वास्थ्य सेवाभन्दा निदानात्मक उपचार पद्धतिमा महानगरपालिकाको जोड रहेको भन्दै उनले ज्ञान र विज्ञानलाई जोड्ने क्षमता योग विधामा रहेकाले यसलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

योगलाई जातीय, धार्मिक र साम्प्रदायिक सम्पत्तिका रूपमा नभई स्वास्थ्य मानव जीवनका लागि अपरिहार्य साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्नेमा उनको जोड थियो ।

सहरबासीमा भएको शारीरिक निष्क्रियतालाई सक्रिय बनाएर नसर्ने रोगबाट बचाउने कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकतामा राखेको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस