मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना 


१ माघ २०८०, सोमबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

 कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको विभागले उल्लेख गरेको छ । 

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । 

सोमबार राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

गत चौबिस घण्टामा सबैभन्दा धेरै चिसो जुम्लामा भएको छ । त्यहाँको तापक्रम घटेर माइनस ५ दशमलव २ डिग्रीमा झरेको छ। यस्तै काठमाडौँको तापक्रम पनि घटेर ५ दशमलव २,पोखराको ८ दशमलव २, डडेलधुरा ४ दशमलव ५ र धनगढीको तापक्रम ७ दशमलव २ डिग्री सम्म पुगेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस