गभर्नर अधिकारीको फोटो राखेर राष्ट्र बैंककै कर्मचारीसित रकम असुलीको प्रयास  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गभर्नर अधिकारीको फोटो राखेर राष्ट्र बैंककै कर्मचारीसित रकम असुलीको प्रयास 


२९ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो दुरुपयोग गरेर रकम ‘असुली’को घटना बाहिरिएको छ । 

अधिकारीको फोटो राखिएको ह्वाट्एपमार्फत राष्ट्र बैंककै एक अधिकारीसँग रकम मागेको तथ्य खुलेको राष्ट्र बैंकले जनाएको छ । 

ह्वाट्सएप आईडीमा गभर्नर अधिकारीको फोटोसहितको नाम राखेर दुरुपयोग गरिएको भन्दै राष्ट्र बैंकले सचेत रहन समेत आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस